झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ । पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।

योसँगै काठमाडौँ-मुग्लिङ सकद खण्ड सुचारु भएको छ  । अहिले पहिरोका कारण सडक अवरुद्ध नरहेको प्रहरीले जानकारी दिएको छ ।

ह्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो । र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।  

चापलाई ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित