रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु

रौतहट / गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ ।

आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएका छन् भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

अबिरल वर्षासँगै बागमती लालबकैया लगायत बिभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानीय तह मध्ये १३ वटा प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

बर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित