दुई दिनपछि धानखेतमा भेटियो नेहारिकाको शव

झापा । जमुना खोलाले बगाएर बेपत्ता बनेकी नेहारिका राजवंशीको शव दुई दिनपछि भेटिएको छ । भारतमा रहेकी सानिमाको घरबाट फर्कने क्रममा चमरभिट्टास्थित जमुना खोलाले बगाएको थियो ।नेहारिकालाई बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा उनको शव भेटिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

चमरभिट्टा गाउँदेखि करिब पाँच सय मिटरपूर्व नेपाल भारत सीमा नजिक धानबारीमा उनको शव भेटिएको उपाध्यक्ष भट्टराईको भनाई छ । उनी वेपत्ता बेनेको थाहा पाए लगत्तै उनको खोजी कार्य शुरु गरिएको थियो । यसैक्रममा आइतवार विहान उनको साइकल भेटिएको थियो ।कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रबार दिउँसो जमुना खोलाले बगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित