शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज गिरावट

इटहरी । शुक्रबार इतिहासकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज केही गिरावट आएको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६० हजार ६ सयमा झरेको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो। यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

गत साता लगातार बढेको सुनको मूल्य आज घटेको हो।आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँ घटेर एक हजार ९ सय ४५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित