झ्याप्लेखोला पहिरोभित्र ३ ठूला बसपछि भेटियो माइक्रोबस, सातवटा शव निकालियो

धादिङ । धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ।त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए। 

रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ।घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए।ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ। 

तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित