रिलिजअगावै बाहिरियो ‘ज्वाइँ साब’ को क्लाइमेक्स सिन

इटहरी । असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ को महत्त्वपूर्ण दृश्य बाहिरिएको छ। रिलिजअगावै फिल्ममा समावेश क्लाइमेक्स सिन टिकटकमा आएको हो। सो दृश्य त्रिभुवन विमानस्थलमा सुटिङ गर्ने बेलाको हो। सुटिङका बेला दर्शकले भिडिओ खिँचेर टिकटकमा सार्वजनिक गरेको देखिन्छ। कमेडी जनरामा बनेको फिल्मको त्यो भावुक दृश्यले दर्शकहरुको ध्यान तानिरहेको छ।  

सार्वजनिक भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ। जितुले सेतो पहिरनमा हातमा बच्चा बोकेका छन्। त्यस्तै निलो ब्याग बोकेका उनको हातमा पार्टपोर्ट पनि छ। 

त्यस्तै, खादासहित नेपालको झण्डा बोकेर उभिएकी नीति भिडिओमा भावुक देखिएकी छिन्। भिडिओ हेर्दा बिदाइको दृश्य रहेको अनुमान लगाउन सकिन्छ।

बसन्त निरौला निर्देशित यस फिल्मको टिजर र गीत चर्चामा छन्। यस फिल्ममा जितु र नीतिसहित हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’ लगायतका अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित