सिरहामा छोरा–बुहारीको कुटपिटबाट बाबुकाे मृत्यु

सिरहा । सिरहामा छोरा–बुहारीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा लाठी प्रहारबाट औरही गाउँपालिका–३ खजनपुर बस्ने ६५ वर्षीय भालेश्वर यादवको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जेठा छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र उनका श्रीमती रेणु कुमारी यादवले सोमवार साँझ भालेश्वरलाई कुटेका थिए ।

प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा राति करिब १२ बजे बाटोमै भालेश्वरको मृत्यु भएको हो । पक्राउ परेका शैलेन्द्र र उनी श्रीमती रेणुविरुद्ध कर्तव्य ज्यान मुद्धामा सिरहा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित