‘माग्ने बूढा’सहितको कलाकार टोली उड्यो अमेरिका

काठमाडाैं । केदार घिमिरे ‘माग्ने बुढा’सहितका नेपाली कलाकार अमेरिका उडेका छन्।घिमिरेसहित करिश्मा मानन्धर, संगीतकार शम्भुजित बास्कोटा, वसुन्धरा भुसाल, कृष्ण मल्ल, शर्मिला मल्ल, प्रशान्त ताम्राकार र सन्दीप क्षेत्रीलगायत कलाकार अमेरिका गएका हुन्। 

न्युयोर्कमा हुने सातौँ एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डका लागि उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन्। यो अवार्ड समारोह ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ नाराका साथ आयोजना हुँदै छ। केही कलाकार न्युयोर्क पुगिसकेका छन्। फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गरिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।

संसारभर छरिएर बसेका नेपाली सिनेकर्मी र कलाकारलाई एकै ठाउँ भेला गराएर नेपालको मौलिक कला, संस्कृतिलाई संसारभर चिनाउन अवार्ड आयोजना गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित