हसिनाका छोराले भने–पार्टी र कार्यकर्ताका लागि पनि म राजनीतिमा आउनु पर्ने देखियो
एजेन्सी । भर्खरै बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी हसिना शेखकी छोरा सजीव वाजेदले आफू राजनीतिमा आउन तयार रहेको बताएका छन् । अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउन तयार रहेकोले बताएका छन् ।
यसअघि राजनीतिमा आउने कुनै इच्छा नरहेको बताउँदै आएका वजेदले टाइम्स अफ इण्डियासँग कुरा अवामी लिग पार्टी र यसमा कार्यरत नेता–कार्यकता जोगाउन राजनीतिमा प्रवेश गर्न तयार रहेको बताएका हुन् ।
अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका उनले फोनमार्फत टाइम्स अफ इण्डियासँग कुरा गरेका थिए । ‘यदि राजनीतिमा मेरो आवश्यकता छ भने म पछि हट्दिनँ । आमा पनि यो कार्यकालपछि राजनीतिमा सक्रिय हुनु हुन्थेन । राजनीति गर्ने मेरो कहिल्यै इच्छा भएन र म अमेरिकामा बस्न आएँ,’ उनले भनेका छन्, ‘तर पछिल्लो घटनाक्रमले बंगलादेशमा नेताको आवश्यकता रहेको महसुस भएको छ । पार्टीकै लागि म सक्रिय हुनुपर्ने देखियो ।’
उनकी बहिनी साइमा वाजेद विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक छिन् । उनले पनि आफू निर्देशकको रूपमा काम गरिरहने बताएकी छन् । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार वठन भएको छ । बिहीबार राति युनुससहित १७ जनाले शपथ लिएका थिए ।
१५ वर्ष शासन सत्ता सम्हालेकी हसिना ७६ वर्षको उमेरमा देश छाड्न बाध्य भएकी छन् । देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि हसिना गत सोमबार (साउन २१) देशै छाडेर भागेकी हुन् । अहिले भारतको शरणमा रहेकी उनी बेलायत जाने तयारीमा छिन् । अघिल्लो दिनको प्रदर्शनमा बल प्रयोग हुँदा सय बढी आन्दोलनकारी मारिएका थिए । त्यसअघि दुई सय जना मारिइसकेका थिए । तीन सय हाराहारीमा प्रदर्शनकारी मारिएपछि विद्यार्थीहरूले सुरू गरेको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएका थिए ।
बुधबार त्यहाँ नोबल पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । अन्तरिम सरकारमा अन्य सदस्यहरू केही दिनमै तोकिने भनिएको पनि छ । आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक गरेका थिए । आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन् । युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए । उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूआत गरेका थिए ।
प्रतिक्रिया