एसिया कप : भारतद्वारा नेपालसामु १ सय ७९ रनको विशाल लक्ष्य
इटहरी । एसीसी महिला एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतिय टोलीले नेपाली महिला टोलीसामु १ सय ७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
श्रीलंकाको डम्बुलास्थित रंगिरी डम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रनको विशाल योगफल तयार पारेको हो।पहिलो विकेटका लागि ओपनर सफाली वर्मा र डेलायन हेमालताले १ सय २२ रनको विशाल साझेदारी गरे।
नेपालका लागि अलराउण्डर सीता राना मगरले ओपनर दयालान हेमालतालाई रुविना क्षेत्रीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाइन्। उनले ४२ बलमा ५ चौका र १ छक्का सहयोगमा ४७ रन बनाएकी थिईन्।
१६ औँ ओभरको तेस्रो बलमा सीताले ओपनर सेफालीलाई ८१ रन बनाउँदा विकेट किपरको हातबाट आउट गराईन्। सेफालीले १२ चौका र १ छक्का सहयोगमा ८१ रन बनाउँदा पेभेलियन फर्किईन्।१९ औँ ओभरको तेस्रो बलमा कविता जोशीले सजिभन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्।जेमिनाह रोड्रिगेज २८ र रिचा घोष ६ रनमा अविजित रहे।नेपालका लागि सीता राना मगरले दुई तथा कविता जोशीले १ विकेट झारे।नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
प्रतिक्रिया