आइतबार ६१.६१ अंकले बढयाे नेप्से, १५ अर्बमाथिकाे काराेबार
काठमाडौं / साताकाे काराेवारकाे पहिलाे दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेकाे छ । कारोबार अघिल्लाे दिनकाे तुलनामा नेप्से परिसूचक ६१.६१ अंक (२.५४ प्रतिशत) ले बढेर २४८५.९४ को बिन्दुमा पुगेकाे हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनिकाे ४ कराेड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्बमाथिकाे सेयर काराेवार भएकाे छ ।
आइतबार नेप्सेमा सबै उपसमूहहरु बढेको छन् । बजारलाई लिन गर्ने बैंकिङ उपसमूह नै ३.८६ प्रतिशतले वृद्धि हुँदा बजार परिसूचक उच्च अंकले बढ्न मद्धत गरेको छ । व्यापार उपसूचक ६.८० प्रतिशतले बढ्दा होटल तथा पर्यटा उपसूचक ४.२१ प्रतिशतले बढेको हो । आइतबार बजारमा कारोबार भएका २४२ सूचीकृत कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ । ५६ कम्पनीको मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।
आज सबै भन्दा बढि काराेवार साेल्टि हाेटलकाे भएकाे छ । यस कम्पनिकाे ३४ कराेड १० लाख ९६ हजार ३ सय ७ रूपैयाँ १० पैसा बराबरकाे सेयर काराेबार भएकाे छ ।
आइतबार कारोबार भएकामध्ये युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
प्रतिक्रिया