कछुवाकाे गतिमा १३२/३३ के. भी सब-स्टेशनकाे काम
माेरङ । मोरङको कनेपोखरी गाउँपालिका २ स्थित केरौन १३२/३३ के. भी सब-स्टेशन आयोजना सुरु भएको तीन वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन । नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरेर उक्त स्थानमा सबस्टेसन निर्माण कार्य सुरु भएको हाे । २०७८ श्रावण २७ गते उक्त स्थानमा १३२/३३ केभी सब-स्टेसन निर्माणकार्य का लागि एनर्जीपॅक इंजीनियरिंग- एस आर असोशीएटस इंफ्रास्ट्रक्चर जे.भि लाई निर्माण गर्ने ठेक्का दिएको थियो ।
कम्पनीले २०८० कार्तिक २५ गते निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने भए तापनि निर्माण कार्य सम्पन्न नगर्दा पुनः प्राधिकरण ले २०८१ कार्तिक २५ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने म्याद थप गरेता पनि कामले गति लिन सकेकाे छैन । ८५ करोडौं रुपैयाँ बराबरको लागतमा एसियाली बिकाश बैंक, नेपाल सरकार र नेपाल विधुत प्राधिकरणको संयुक्त लगानी मा निर्माणकार्य सुरु भएता पनि सम्बन्धित निकायहरुकाे फितलो अनुगमनका कारण कामले गति लिन सकेको छैन ।
एक बर्ष अगाडि निर्माणकार्य स्थानमा नेपाल बिधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ सहितकाे टाेलिले अनुगमन गरी फर्किएकाे थियाे । आयोजनाका इन्जिनियर राजेशकुमार साहका अनुसार एक वर्षको कार्यकाल थप गरेको र अब भने समयमै काम सम्पन्न हुने र आगामी२०८२ वैशाखदेखि सो स्टेसनबाट विद्युत सप्लाई गर्ने आफूहरूको योजना रहेको बताए। विद्युत सप्लाई भएपछि रङ्गेली वितरण केन्द्र मा पर्ने रंगेली, सुनबर्सी, धनपालथान ,कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो र बिराट चोक लगायतका सेवाग्राहिहरु लाभान्वित हुने जनाइएकाे छ ।
प्रतिक्रिया