त्रिशूलीमा १० घण्टा : बच्चाको ट्र्याक सुट र पर्दा भेटीयाे तर भेटिएन यात्रु सहितकाे बस

इटहरी । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएको छैन। आजका लागि सुरक्षा निकायले खोज्ने कार्य स्थगित गरेको छ। 

सशस्त्र प्रहरीका अनुसार, अहिलेसम्म गाडीको झ्यालको पर्दा र करिब १० वर्षका बच्चाको ट्र्याक सुट फेला परेको छ। उक्त गाडीको पर्दा एन्जल बसेको रहेको प्रहरीले जनाएको छ। उक्त बस सोही पर्दा र ट्र्याक सुट फेला परेकै लोकेसनमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

यद्यपि, यसबारे थप प्रमाणीकरण भोलि (शनिबार) मात्रै हुनेछ। पर्साको रंगपुरबाकाठमाडौँबाट गौर जाँदै गरेकोट खुल्ने एञ्जल डिलक्स प्रा।लि।को बस नं। प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ। 

प्रतिक्रिया

सम्बन्धित