अल्जेरियाको मरुभूमिमा सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला

एजेन्सी । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन् । अन्य पाँच जना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए ।

‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा हराएपछि शनिबार मृत फेला परेका थिए’, उनले भने । अल्जेरियाको मरुभूमिमा हराएका मानिसहरूलाई उद्धार गर्ने काम गर्ने गैरसरकारी संस्था सर्च एण्ड रेस्क्यू एसोसिएसनले उनीहरूलाई फेला पारेको हो ।

एशोसिएसनले उनीहरूले दुई अल्जेरियाली र १२ सिरियाली नागरिक भएको बताएको छ । फारुखले लिबियाका अधिकारीहरूलाई दोष दिएका छन् । उनका अनुसार उनीहरूले आप्रवासीहरूलाई निष्कासन गरेर अल्जेरियाबाट भाग्न प्रेरित गरे । ‘हामीले अन्य सिरियालीहरूलाई यसैगरी लिबिया छोडेर अल्जेरियातर्फ गएका देख्नेछौँ र हामीले आफूलाई थप प्रकोपहरूको लागि तयार गर्नुपर्छ’, उनले भने ।

सन् २०१६ मा २२ सिरियालीको अल्जेरियाली सेनाले उद्धार गर्नुअघि छिमेकी नाइजरबाट प्रवेश गरेपछि अल्जेरियाको मरुभूमिमा हराएका थिए । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी युएनएचसिआरका अनुसार सिरिया विश्वको सबैभन्दा ठूलो विस्थापन संकट बनेको छ । अरब वसन्त विद्रोहका बीच राष्ट्रपति बसर अल–असदका सेनाबीच विपक्षी समूहहरूमाथि हिंसात्मक रूपमा आक्रमण गर्दा सन् २०११ देखि यो देश युद्धग्रस्त छ ।

प्रतिक्रिया

सम्बन्धित