नेपालमा झन्डै ५ खर्ब लगानी गर्ने प्रक्रिया ‘होल्ड’ गरेर भारतीय उद्योगपति अडानीले भुटानमा गरे सम्झौता

काठमाडौं । नेपालमा लगानी गर्न तम्सिएका भारतीय उद्योगी गौतम अडानी भुटानतर्फ मोडिएका छन्। व्यावसायिक समूह   ‘अडानी ग्रुप’ नेपालको जलविद्युतमा लगानी गर्नबाट तत्काललाई पछि हटेर भुटानमा सम्झौता गरेको हो।

अडानीले सामाजिक सञ्जाल एक्समा भुटानका राजा जिग्मे केशर नाम्गेल र भुटानी प्रधानमन्त्री छिरिङ तोग्वेसँगको फोटोसमेत सार्वजनिक गरेका छन्। उनले एक्समा ड्रुक ग्रिन पावर कर्पोरेसनसँग सम्झौतामा हस्ताक्षर भएको समेत उल्लेख गरेका छन्। 

भारतीय मिडियाहरुले पहिलो चरणमा अडानीले भुटानमा ५७० मेगावाट बिजुल उत्पादन गर्नेगरी सम्झौता भएको जनाएका छन्। भुटानको चुखा प्रान्तमा निर्माण हुने परियोजनालाई भारतमा विशेष महत्वका साथ हेरिएको छ।

नेपालका सरका प्रमुखहरुले चासो नदिएपछि नेपालको लगानी ‘होल्ड’ गरेर अडानी भुटानतर्फ मोडिएका हुन्। योसँगै नेपालमा झन्डै ५ हजार मेगावाट उत्पादन गर्ने प्रक्रियामा नेपाल पछि पर्ने देखिएको छ।  

नेपालमा विमानस्थल, ठूला जलविद्युत र पूर्वपश्चिम जोड्ने प्रसारण लाइनमा लगानी गर्न अगाडि सरेका भारतीय अर्बपति अडानी तत्काल नेपालमा लगानी गर्नबाट हच्किएका थिए। नयाँ गठबन्धन सरकारबाट तर्सिएको भारतीय संस्थापनसँगै अडानी पनि नेपालमा लगानी अहिले ‘होल्ड’ गर्ने पक्षमा पुगेका हुन्। 

अडानीले विभिन्न परियोजनामार्फत नेपालमा ३ हजार ८ सय ५१ मेगावाट विद्युत तत्काल उत्पादन प्रक्रिया अगाडि बढाउन काम सुरु गर्न लागेका थिए। जसको लगानी झन्डै ५ खर्ब रुपैयाँ हाराहारी हुने तय छ भने प्रसारण लाइनमा पनि एक खर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित