श्रीमान्‌को नाममा शवदाह गृह बनाउन गरुडाकी उपमेयरद्वारा जग्गा दान

रौतहट । रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले आफ्नो स्वर्गीय श्रीमानको नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेकी छिन्। 

गरुडा नगरपालिका  ४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणको लागि  उपमेयर चौधरीले २ कठा १० धुर जग्गाको जग्गा दान गरेकी हुन्। उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर ४ लाई हस्तान्तरण गरिन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताइन् । 

कोरोनाको समय अल्पायुमै मृत्यु भएका मनोज कुमार चौधरीको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि  जयसवालको रोहवरमा वडा  ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको उपमेयर चौधरीले बताएकी छिन्। स्वर्गीय चौधरी सञ्चार क्षेत्रबाट समेत आबद्ध रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित