पहरोका खस्दा साँफे–मार्तडी सडक अवरुद्ध

अछाम । पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए। सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राति सम्भव नभएको उनको भनाइ छ।

सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।

प्रतिक्रिया

सम्बन्धित