टी–२० विश्वकप : अमेरिका सुपर–८ मा प्रवेश, बाहिरियो पाकिस्तान

इटहरी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा प्रवेश गरेको छ । वर्षा नरोकिएपछि आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गरेको हो । आयरल्याण्डसँग अंक बाँड्दै अमेरिका सुपर–८ मा प्रवेश गरेसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले चार खेलबाट ५ अंक जोडेर सुपर–८ मा स्थान सुरक्षित गरेको हो । ३ खेलबाट २ अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । ३ खेलबाट ६ अंक जोडेको भारत भने समूह ‘ए’ बाट यसअघि नै सुपर –८ मा प्रवेश गरिसकेको छ ।

समूह चरणबाटै बाहिरिएको पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा र दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भएको थियो । तीन खेलबाट १ अंकसहित पुछारमा रहेको आयरल्यान्ड पनि पाकिस्तानविरुद्धको खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेलबाट २ अंक जोडेको क्यानडा तालिकाको चौथो स्थानमा छ । क्यानडाले अब भारत र आयरल्यान्डले समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित