इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरी ।कम्प्युटरको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेपालीमा 'कृत्रिम बुद्धि' भनिन्छ । एआईको उदय प्रविधिको क्षेत्रमा यस्तो चमत्कार हो, जसले मानव जीवनको हरेक पक्षमा आश्चर्यजनक प्रभाव पारेको देखिन्छ ।

मेसिनले आफैँ काम गर्ने कुरा अब विज्ञान कथामा मात्र सीमित नरहेको जस्ता महत्वपुर्ण सामग्री सहित सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजले आगामी ज्येष्ठ ३ र ४ गते  "AI Boot Camp" को आयोजना गर्ने भएको छ ।

बढदाे सूचना प्रविधिको विकास सँगै त्यसको सदुपयोगबाट मानव जीवनले लिन सक्ने लाभको विषयमा जानकारी मूलक कार्यक्रम सहित  पछिल्लो समय प्रविधिको विकास हुने क्रममा छोटो समयमै लोकप्रियता हासिल गरेको कृत्रिम बुद्धिमता  ( Artifical intelligence) को बारेमा जानेका कुराहरूलाई ज्ञान मार्फत बाँड्न २ दिने क्यामपकाे आयोजना गरिएको कलेजले जनाएको छ । 

कृत्रिम बुद्धिमता  ( Artifical intelligence) को सकारात्मक पक्षलाई जोडेर यसको महत्त्व र शिक्षाक्षेत्रलाइ प्रविधियुक्त बनाउन काेशी प्रदेशमै पहिलो पटक २ दिने  "AI Boot Camp" को आयोजना गर्न लागिएको कलेजले जनाएको छ । 

एआईले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले अभूतपूर्व रूपान्तरण ल्याउन सक्ने र मानव जीवन साथै काम गर्ने तरिकामा परिवर्तन ल्याउन सक्ने कलेजले जनाएको छ । एआईलाई  शिक्षासँग मात्र नभई स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा पनि जोडन सकिने जस्ता उपयोगी ज्ञान सहितको दुई दिने क्याम्प आयोजना गर्न लागिएको कलेजले जनाएको छ । फर्म भर्न याे लिंकमा क्लिक गर्नुहाेला।

प्रतिक्रिया

सम्बन्धित

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फिचर )

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फि…

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान , उपकप्तान

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान…

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको …

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी