उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुन: अस्वस्थ भएका छन् । उनको मुटुमा समस्या आएपछि मंगलबार साँझ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठको धमनीमा आंशिक अवरोध रहेको अस्पताल श्रोतले जनाएको छ । सो अवरोध हटाउन डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला मन्त्री श्रेष्ठलाई सघन उपचार कक्षमा उपचार राखिएको बताइएको छ ।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल श्रोतले जनाएको छ ।गत असोजको अन्तिम साताचीन भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएको थियो ।

असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा उनको मुटुको ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो । उपचारकै क्रममा गरिएको जाँचमा उनको मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको जनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित