एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्नु : प्रधानमन्त्री

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन्। प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको बताइएको छ। एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुह…

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र  , केछ प्रतिवद्धता पत्रमा ?

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिव…

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम