जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं / भक्तपुर र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो ।कञ्चनपुरको भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो । साथै उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ ।

१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ ह…

गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घ…

प्रहरी दिवस : धरानमा स्ट्रिङ अप्रेसन भारतीय नोट र लागु औषध सहित दुई जना पक्र…

सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाद्वारा डेङ्गबाट मृतककाे दावि भुक्तानी प्रदान

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

इटहरी क्षेत्रका विद्यालयमा पकाएरै खुवाउनुपर्ने , मासु सहितको मिन्यु सार्वजनिक

प्रतिक्रिया