‘राजनीतिमा देखिएको फोहर सफा गर्न महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्छ’

सिरहा। राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएका छन्। कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्बाेधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमा पनि सुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकछत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’ सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

प्रतिक्रिया