राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

धनकुटामा प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी दुर्घटना

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

ओलीले डोटीमा भने, 'प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्'

खाँड छुटने कि नछुटने केही बेरमा फैसाला आउँदै

प्रतिक्रिया