राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

काठमाडौँ / राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनेछन् ।

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

प्रतिक्रिया