हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ

नयाँदिल्ली / पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ । पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित निवासमा पुगेको थियो । उनीविरुद्ध पुरानो एनडीपीएस ऐन मुद्दा चलिरहेकोले सोही अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, कांग्रेस विधायकले मुख्यमन्त्री भगवन्त मानले आफूविरुद्ध शत्रुता राखेको आरोप लगाएका छन् ।
पक्राउ परेका ती कांग्रेस विधायकलाई ११ः१५ बजे जलालाबाद अदालतमा पेश गरिनेछ।
समाचार अनुसार २०१५ मार्च ५ मा जलालाबाद प्रहरी चौकी सदरले हेरोइन र हतियारसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कपुरथलाका एक जना अभियुक्तलाई तत्कालीन सुखपाल खैराको नाम उल्लेख गरेका थिए । सो बयान पछि सुखपाल सिंह खैरालाई पनि मुद्दामा अभियुक्त बनाइएको थियो । स्रोतका अनुसार खैराले सर्वोच्च अदालतबाट यो मुद्दा जितेका थिए, यद्यपि यसको पुष्टि भइसकेको छैन ।
जानकारीका अनुसार जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित घरमा पुग्दा खैराले आपत्ति जनाएका थिए । पहिले पक्राउ पुर्जी देखाए पछि मात्रै पक्राउ गर्न सकिने उनले बताए । यस विषयमा प्रहरी र खैराबीच विवाद भएको थियो । यो सम्पूर्ण घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसपछि खैराले यो सबै कारवाही बदलाको भएको बताए । उनले यो पनि भनेका छन, ‘यो पक्राउ कुनै पनि हालतमा सहय छैन् ।’ उनका छोरा मेहताब खैराले यस विषयमा अदालत जाने बताएका छन् ।
यसैबीच, विधान सभामा विपक्षी दलका नेता प्रताप सिंह बाजवाले यो कारबाहीको आफुहरुले विरोध गर्ने जनाएका छन । यस विषयमा पार्टीले छिट्टै सङ्घर्षको घोषणा गर्ने उने बताए । उनका अनुसार कांग्रेस नेता सुखपालसिंह खैराले दिनहुँ सरकारको झुट पर्दाफास गर्ने भएकाले उनलाई निशाना बनाइएको हो ।

हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं'

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

पेरिसमा एक ब्यक्तिले ‘मुस्लिमहरू मारिए’ भन्दै अन्धाधुन्ध चक्कु हाने, एक ब्यक्तिको…

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

प्रतिक्रिया