पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । जुन पिता माथी ती बालिकाले विगत तीन महिनादेखि बलात्कार गरेको आरोप लगाइएको थियो।
प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन् ।
बाबुको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका सोहेल काजमीले भने, ‘छोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताइन् । उनले बलात्कारी बुबालाई मार्ने निधो गरे र बन्दुकले गोली हानी मारिन् ।” बालिकाका बाबुको घटनास्थलमै मृत्यु भएको काज्मीले बताए । प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिने छ ।
समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाए पछि पुलिसलाई बोलाएका थिए । हिजो शनिबार दिउँसो छिमेकीले पुलिसलाई अपराधको बारेमा जानकारी दिएको जनाईएको छ । सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले घटनास्थलमा अभियुक्त, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।
यस घटनाको एक दिन अघि मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं'

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

पेरिसमा एक ब्यक्तिले ‘मुस्लिमहरू मारिए’ भन्दै अन्धाधुन्ध चक्कु हाने, एक ब्यक्तिको…

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

प्रतिक्रिया