तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा

बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मिति २०८० साल असोज ७ गते आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिने यस कार्यालयको बिहीबारको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

धनकुटामा प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी दुर्घटना

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

ओलीले डोटीमा भने, 'प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्'

खाँड छुटने कि नछुटने केही बेरमा फैसाला आउँदै

प्रतिक्रिया