राष्ट्रिय सभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन् ।
अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयघातबाट निधन भएको थियो ।
अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन् ।

‘राजनीतिमा देखिएको फोहर सफा गर्न महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्छ’

मुलुकको दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव …

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँचजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड छन्दु पुगे

बर्दिया र मोरङबाट बलात्कार आराेपमा तीनजना पक्राउ

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

प्रतिक्रिया