मोदीलाई मन पराउने जनता ७६, सुनकलाई मन नपराउने ७३ प्रतिशत

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले ७६ प्रतिशत ग्लोबल रेटिङ पाएको छन ।
अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन । यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए।
सो रेटिङका अनुसार १८ प्रतिशतले जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन्।
यसैगरी बिश्वब्यापी सर्बेक्षणको दोस्रो स्थानमा स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्बेक्षणमा देखिएको छ ।साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनको बिपक्षमा ६० प्रतिशत जनता रहेको देखिएको छ भने ४० प्रतिशतले मात्रै उनलाई मन पराएका छन ।
उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ३७ प्रतिशतले मन पराउँदा बेलायतका प्रधानमन्त्री ऋषि सुनक भने २७ प्रतिशतमा सिमित भएका छन । बहुसंख्यक जनताले बेलायती प्रधानमन्त्री सुनकलाई अस्विकार गरे झै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पनि हालत उस्तै देखिएको छ । उनलाई त झन २४ प्रतिशत जनताले मात्रै अनुमोदन गरेका छन्।

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

पेरिसमा एक ब्यक्तिले ‘मुस्लिमहरू मारिए’ भन्दै अन्धाधुन्ध चक्कु हाने, एक ब्यक्तिको…

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

गाजामा 'बफर जोन' बनाउने इजरायाली योजनाको खुलासा

प्रतिक्रिया