मोरङमा आठ वर्षीया बालिका बलात्कृत

मोरङ । मोरङमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन्। उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
कांग्रेस झापा पूर्वसभापति शर्माको निधन
उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनित

झापा तथा भोजपुर आगलागीमा परी दुई महिलाको मृत्यु

धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया