नेपाल निजामती कर्मचारी युनियन झापाद्वारा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

झापा / नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हकअधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हकअधिकार सुनिश्चिता गरिने बताए ।
कार्यक्रममा सहायकप्रमुखजिल्लाअधिकारी रुद्रप्रसाद न्यौपाने, मेचीअञ्चल अस्पताल भद्रपुरकापूर्ब मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर,देवीप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा पूर्बाञ्चल दैनिकका सह सम्पादकतथा नेपालपत्रकार महासंघका कोशीप्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमाक्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।
त्यस्तै मेचीअभियानका संयोजक विजय डालमियाले सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै उनलाई समेत सम्मानगरिएको थियो । सम्मानित भण्डारी र डालमियालाई कार्यक्रमका प्रमुखअतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विशिष्ठ अतिथि सहायकप्रमुखजिल्लाअधिकारी रुद्र न्यौपाने , नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङले संयुक्त रुपमा सम्मान पत्रप्रदान गरेका थिए ।
यसैबीच नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्साल, सहित १८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कष्ष्ठ कर्मचारी दुई जना रहेका छन् । जसमा बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवी दाहाल, वन रक्षक शिरीमणि गुरुङ रहेका छन् ।
त्यस्तै अवकास प्राप्त कर्मचारीहरु मेचीप्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगरका कमल प्रसादकोइराला, सिपविकास तथातालिम केन्द्रका रमेश कोइराला, मेचीनगरपालिकाका इन्द्र वहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्विका देवीअधिकारी, जिल्ला हुलाक कार्यलयका विष्णु प्रसादअधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायातकार्यालयका सुभास कुमार श्रेत्री, मेचीभन्सार कार्यालयका महेश कुमार न्यौपाने, डिभिजन वनकार्यालयका युवराज दाहाल, अनमी मुनादेवी सापकोटा लाई सम्मान गरिएको थियो ।
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले बुझाए ध्यानाकर्षण पत्र

सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

हर्क साम्पाङलाई अदालतको झट्का : अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न अन्तरिम …

धरानका पूर्व मेयर र उपमेयरहरूकाे अपिल : सामाजिक सदभाव कायम राख्न सबैमा सुझ…

डेगी उपचारमा हामी धरानेको सहयोग

धरानका मेयर हर्क साम्पाङलाई १२ राजनीतिक दलको पत्र : ३ दिन भित्र खानेपानीको प…

प्रतिक्रिया