भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौ । भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।
कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।
यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने यरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।
स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी
प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो नेप्से
_n10LrhoTnH_gld1v9h08wnmrhjoaeyivywbc8c8cyqpevntpeoi8p7s07nqvkthskpkcbt6_BxDwv0T1mH_jatr047vztmhhmepoljnut3d1iu01mggu9s6vudtiamc5w3mntfsezbpsstq.jpg)
भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै
_ao92aZ2Sj4_lye9cyqlfisgocho5orirwgnw443hhbtbmcgqivccvxmoortyx3hjct0e4nu_d4V8ij7L2G_ntofy71uwwsnstolxrni0ezizyc7q0u2e54w0nnoaohxf5cohtpm79ygcb8k.jpeg)
मोरङ्ग गोठगाँउमा खुल्याे नबिल बैंकको २६६ औं शाखा

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

प्रतिक्रिया