फोहोर व्यवस्थापनमा नहुँदा जीतपुरसिमरा बजारमा दुर्गन्ध बढ्याे

बारा / जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । सार्वजनिक स्थानमा थुपारिएको फोहर समयमै व्यवस्थापन नगर्दा जीतपुर बजारमा दुर्गन्ध फैलिन थालेको छ । घर तथा होटेलहरुबाट निस्कने फोहोरहरु उचित व्यवस्थापनबिना नै स्थानीयले सडक छेउमा फाल्ने गरेकोले समस्या उत्पन्न भएको हो ।
फोहोरको समस्याले विकराल रुप लिदासमेत उपमहानगरपालिकाका मेयर राजन पौडेलले व्यवस्थापनमा चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले बजार क्षेत्रको सरसफाइमा वार्षिक करोडौं खर्च भइरहेको दाबी गरेपनि खर्चअनुसारको उपलब्धि हासिल हुन सकेको स्थानीयको भनाइ छ ।
जीतपुरसिमराका मुख्य सडकमै जथाभावी रुपमा फोहोर फाल्ने क्रमले सबैभन्दा बढी बजार क्षेत्रका बासिन्दा प्रभावित बनेका छन । फोहर ब्यवस्थापनमा ढिलाई हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधरणहरुले पनि सास्ती खेप्नु परेको जीतपुरसिमराका स्थानियहरु बताउँछन् ।

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक आसपासका रुख कटान गरिने

कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रिको जिम्मेवारी
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

प्रतिक्रिया