सलमान खान अभिनित ‘बडिगार्ड’का निर्देशकको मृत्यु

मुम्बई । साउथ सिनेमालाई ठूलो धक्का लागेको छ । साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।
रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघातका कारण हतार हतार कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल पुग्दासम्म उनको अवस्था निकै गम्भीर भइसकेको थियो । सोही क्रममा अस्पतालका चिकित्सकले सिद्दिकीलाई बचाउन हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
जानकारीका अनुसार सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि बुधबार साँझ ६ बजे सिद्दिकीको दाहसंस्कार गरिने छ ।
उनले ‘सिद्दिकी लाल’को जोडीबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म टाइमलेस कमेडी रामजी राव स्पिकिङ सन् १९८९ मा आएको थियो। यसबाहेक उनका फिल्ममा ‘हरिहर नगर’ (१९९०), ‘गडफादर’ (१९९१), ‘भियतनाम कालोनी’ (१९९२), ‘काबुलीवाला’ (१९९३), र ‘हिटलर’ (१९९६) र ‘बॉडीगार्ड’ छन्।
सिद्दिकीले ‘बॉडीगार्ड’ को हिन्दी रिमेक निर्देशन गरेका थिए । जसमा सलमान खान मुख्य भूमिकामा देखिएका थिए । यस फिल्मको तमिल संस्करण पनि सिद्दिकीले निर्देशन गरेका थिए, जसको नाम ‘कावलन’ थियो। जसमा विजयले मुख्य भूमिका निर्वाह गरेका थिए ।

काठमाडौँमा ‘महाजात्रा’
_TS5KdFYS3m_fusr6npspqephi5j2uobiuy0qednytgulrezaayjd9wqfupduv46vkcjh9dy_IVNGBFW7oV_hd9yg7kwd3ki62nztmpjcvykm3lp0ypszhgqahylukai5pr8of0cg1ebdvej.jpg)
सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

रणवीरको एनिमल क्रेजः बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_MtY6w5ChXp_eovnynacbz0tnbf4zzwaizlzbl44dals6q4zlkjtk3mtqk5gegcs6tfqejzu.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

प्रतिक्रिया