धरानमा “कुल ड्रिङकिङ “ सिलप्याक पानिको बोतलमा किरा भेटिएपछि....

धरान । धरान–१५ स्थित वडा कार्यालय छेउको एक किराना पसलबाट सिल प्याक गरिएको “कुल डिङ्किङ् “ पानीको बोतलभित्र किरा भेटिएको छ । स्थानीय गाेबिन्द घिमिरेले सञ्चालन गरेको पसलबाट सोमबार सिल प्याक पानीको बोतल भित्र किरा भेटिएको हो ।
घिमिरे आफैँले पानी पिउँदै गर्दा बोतलभित्र किरा फेला परेको हो । ‘म आफैँ पानी सेवन गर्ने क्रममा बोतल भित्र किरै किरा भेटे, आधी पानी पिएपछि मात्रै किरा देखे,यो पानी म आफैले पसलमा राखेर विक्री गर्दै आएको हुँ पसल सञ्चालक घिमिरेले भने ।
सिल प्याक गरिएको पानीको बोतल भित्र किरा भेटिएपछि धरान १५ का वडाध्यक्ष नरेश इवारमले धरान डेङ्गु सङ्क्रमणको प्रकोप फैलिएको वेला शुद्ध भनेर विक्री गरिने पिउने पानीमा नै किरा भटकाले उक्त कम्पनीलाई धरानमा विक्री वितरण गर्न रोक लगाउनु पर्ने बताए। उपभोक्ता माथि यस्तो लापारवाही हुने गरेकाले धरान उपमहानगरपालिका र स्वास्थ्य महाशाखा र अन्य सरोकारवालाहरूले निगरानी राखेर हरेक पानीको वोतलहरुमा चेकजाँच गर्नु पर्ने वडाध्यक्ष इवारमको भनाई छ ।
घिमिरेले मात्रै होइन, पसलमा आउने अन्य ग्राहकले पनि कुल ड्रिङकिङ वाटरकै पानी पिउने क्रममा किरा भेटेको बताएका छन् । ट्याम्पो चालक समेत रहेका रवि लोहारले पसलबाट पानी किनेर खाँदा त्यहीँ पानीको बोतलमा किरा फेला परेको बताए। लोहारले टेम्पाे बिसाएर पानी किनेर पिउँदा बोतल भित्र किरा भेटेको बताए ।

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु

धरानमा अधिकृत हॅु भन्दै पसलमा हैरानी लगाउने युवा पक्राउ, ७ दिन म्याद थप

इटहरीमा ३० नगर प्रहरी थपिए

धरानमा दिउसै खुकुरी हानाहान,महिला र बालक सहित ४ व्यक्ति पक्राउ

दसैँमा अशक्त मजदुरलाई सहयोग

धरानमा आपराधिक घटनामा कमी गर्नु “रात्रि गस्ती “ चलायमान

प्रतिक्रिया