धरानको चर्च र मन्दिर विवादमा प्रशासनको ध्यानाकर्षण भएको छ: सिडिओ पाण्डे

धरान / विजयपुर धार्मिक संरक्षण समन्वय समिति धरान सुनसरीले सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । समितिका अध्यक्ष विष्णु कुमार राई सहित अन्य नगरवासीले आज ( आइतबार ) इनरुवा गएर नै पत्र बुझाएको समितिका सचिव मातृका प्रसाद नेपालले जानकारी दिए। ज्ञापन पत्र बुझ्दै सिडिओ पाण्डेले १२/१५ दिन देखि चर्केको निर्माणाधीन चर्च विवादमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ज्ञापन पत्र गृह मन्त्रालय सम्म पुर्याउने बताइन।दुवै पक्षले संवेदनशील हुनुपर्ने एक धर्मले अर्को धर्मलाई होच्याउने गर्नु नहुने पाण्डेले बताइन। ज्ञापन पत्रमा उल्लेख छ “किराँतकालीन ऐतिहासिक क्षेत्रका रूपमा रहेको धरान वडा नम्बर १४ मा पर्ने विजयपुर क्षेत्र हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो ।
” यस क्षेत्रमा सनातन हिन्दु तीर्थस्थल एवं मठमन्दिरहरू श्री पिण्डेश्वर बाबाधाम, श्री दन्तकाली शक्तिपीठ, श्री बुढासुब्बा मन्दिर, श्री पाथीभरा माताको मन्दिर, श्री विन्ध्यवासिनी माताको मन्दिर, श्रीकृष्ण मन्दिर, श्री गणेश भीमसेन मन्दिर, बालाम्बा माताको मन्दिर, मुगालक्ष्मी मन्दिर, गादि गणेशको मन्दिर, साक्षी विनायक मन्दिर, श्री नृसिंह मन्दिर, श्री पूर्णेश्वरी मन्दिर, शिवशक्ति कल्याणी केन्द्र, श्री लोकनाथ शिवमन्दिर, श्री बालगोपाल मन्दिर लगायत ३३ वटा ऐतिहासिक क्षेत्र र पौराणिक मन्दिरहरू रहेको सर्वविदितै छ ।
माथिका धार्मिक स्थलहरूमा देशभित्र तथा विदेशबाट समेत २० लाख भन्दा बढी सनातन हिन्दु भक्तजनहरू वार्षिक रूपमा आउने गरेका छन् । धार्मिक पर्यटनका कारण धरानको आर्थिक उन्नयन, रोजगारी सिर्जना एवम् धरानको गरिमाको प्रचारप्रसार भइरहेको अवगत नै छ ।नेपालका संविधान २०७२ को धारा २६ को उपधारा ३ मा : यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ उल्लेख छ ।
त्यसैले सो चर्च निर्माण कार्य तुरुन्तै रोकी सो चर्चको स्थानान्तरण गर्न एवं भविष्यमा विजयपुर क्षेत्रमा कुनै पनि प्रकारको चर्च निर्माण नगर्न नगराउनका लागि यो समिति अनुरोध गर्दछौ। हाम्रो यो अनुरोधलाई बेवास्ता गरी आउने जस्तोसुकै परिणामको जिम्मेवार चर्च निर्माण पक्ष, स्थानीय सरकार हुनेछ ।
यस विषयमा स्थानीय सरकारलाई ज्ञापन पत्र मार्फत औपचारिक जानकारी र चर्च स्थानान्तरणका लागि अनुरोध समेत गरिएको थियो । तर ,त्यसबारे धरान उपमहानगरपालिकाले समेत उदासीनता देखाएको अवगत गराउँदछौ । यस विषयमा यो समितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको समेत ध्यानाकर्षण गराउन चाहान्छौं” हामी चाहन्छौ यस्ता कार्यहरूले भविष्यमा कुनै दुर्घटना नरित्याओस् यस विषयमा गम्भीरतापूर्वक विचार गरेर समस्या समाधानका लागि अनुरोध गर्दछौँ ।

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु

धरानमा अधिकृत हॅु भन्दै पसलमा हैरानी लगाउने युवा पक्राउ, ७ दिन म्याद थप

इटहरीमा ३० नगर प्रहरी थपिए

धरानमा दिउसै खुकुरी हानाहान,महिला र बालक सहित ४ व्यक्ति पक्राउ

दसैँमा अशक्त मजदुरलाई सहयोग

धरानमा आपराधिक घटनामा कमी गर्नु “रात्रि गस्ती “ चलायमान

प्रतिक्रिया