आजबाट देशभर ८० भन्दा बढी हलमा ‘बगान’

काठमाडौं / प्रिमियरमा तारिफ पाएको चलचित्र ‘बगान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्रले देशभरका ८० भन्दा बढी हलमा १०० भन्दा बढी शो सङ्ख्या प्राप्त गरेको छ ।
अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन् । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
बुधवार भएको प्रिमियरमा बगान हेर्ने अधिकांशले यसका दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका थिए । यो चलचित्र मात्र नभई क्रान्ति भएको र नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने चलचित्रको रुपमा हेरिनुपर्ने प्रतिक्रिया प्राप्त भएको थियो ।
यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरेको थियो । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_dUvs5eHSg9_ddgfx90yjqaibu1n7ejg08miaf4jtjwqtbo4nocr0p660rhf3cjag6ce7jen.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया