चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

इटहरी/ नेपालसंगै भारतमा समेत ख्याती कमाएका चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले अब बाच्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रवार मध्यरातमा आफ्नो सामाजिक संजालमा लाईभ बस्दै उनले यो कुरा बताएका हुन् । सुशान्तले हालै आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिदै अब आफ्नो पनि दिन गिन्ती सुरुभएको बताएका छन् । यतिबेला उनी भारतमा छन् । आफुलाई अर्काको देशमा मर्न मन नभएकोले नेपाल आएर मर्ने चाहाना रहेको पनि खुलाएका छन् ।
विगत १ वर्षदेखी आफू डिप्रेसनको सिकार भएको र ६ महिनादेखि आफुलाई निकै गार्हो भैरहेकोले अब बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनी लाईभमा भक्कानिएका छन् । आफू गिरेर भएपनी अरुलाई हेल्प गरेको तर अहिले आफुलाई पर्दा कोहि नभएको बताए । सुशान्तले आफुलाई के समस्या भएको हो भन्नेबारे खुलस्त त पारेका छैनन् तर, उनी आफ्ना साथीभाइ साथै आफ्नै परिवारसंग समेत दुखी रहेको उनको भनाईबाट बुझ्न सकिन्छ । उनले भनेका छन् ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ ।’
उनले थप भनेका छन् ‘कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी… मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु । कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ । उनको साथमा औसधि समेत रहेको छ । लाईभमा देखाएका छन् । जतिबेला पनि जे हुन सक्ने उनले भनेका छन् ।

तेजु मगरको 'उडि उडि चुप्पा' मा लक्ष्मण भण्डारीको उत्कृष्ठ अभिनय ( भिडियो सहित)
‘सय रुपीयाँ पोका‘ कागती बेच्दै गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ (भिडियाे स…

नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

मादल घनघनि तीज गीत सार्वजनिक

गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

रन्जिता प्रसाइको स्वरमा ‘धोका भयो’ सार्वजनिक

दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक

प्रतिक्रिया