गैंडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ

चितवन । गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी भरतपुर कारागार चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय फैसला गरेको थियो । भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

वेश्यावृत्तीमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

करिब सात किलो चाँदीसहित एक पक्राउ

बारामा गोली हानी भारतीय युवकको हत्या

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

प्रतिक्रिया