मेयर द्वारिकलाल चौधरी भन्छन् : राजनेताहरूले सुकुम्बासी समस्यालाइ भाेट बैंक बनाए

इटहरी / इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेको जित सुनिश्चित रहेकाे बताएका छन् । कथम कदाचित गठबन्धनले जितिहालेमा कुनै आकाश नखस्ने, धर्ति नभासिने कुरा व्यक्त गरेका छन् । चौधरीले पूर्वेलि न्यूज संगकाे अन्तर्वाताका क्रममा साे कुरा व्यक्त गरेका हुन् । चौधरी भन्छन् “इटहरीमा एमाले बाहेक अरूले नेतृत्व पाउँछ भन्नेकुरमा म विश्वास गर्दिन” ।
उनले राजनेताहरूले सुकुम्बासी समस्यालाइ राजनैतिक मुद्दा बनाएर भाेट बैंककाे रूपमा प्रयाेग गरेकाे बताएकाछन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा इटहरीले बिकासमा फड्काे मारेकाे बताए । उनले २०० किलोमिटर सडक कालोपत्रे गरेकाे कारण साबिका एकम्वा, खनार, पकली र हाँसपोसाका जनताले आफु उपमहानगरपालिकाकाबासी भएकाे महसुस गरेकाे बताए ।
उनले आफ्नाे राजनैतिक जिवनमा कुनै पदकाे लाल्चि नभएकाे र पाटीले दिएकाे जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाे बताए । उनले भने मेराे मेयर बन्ने चहना नभएकाे र पाटीले जिम्मेवारी दिएकाे हुनाले साे भुमिका निर्वाह गरेकाे बताए । उनले याे स्थानिय निर्वाचनमा पाटीले पुन साेही भुभिका दिए या अन्य जुनसुकै भुभिका प्रदान गरे साे कार्य सफलतापूर्वक निवार्ह गर्ने कुरा बताए । यसै सेरोफेरोमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी संग संजिता धमलाले गरेकाे भिडियाे कुराकानी :

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…

प्रतिक्रिया