धेरै जसो आत्महत्या रोक्न सकिन्छ : डा. रञ्जन थापा
विराटनगर । बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापाद्धारा लिखित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ नामक पुस्तकको विमोचन भएको छ । आत्महत्या रोकथाममा आधारित पुस्तक बिहीबार एक कार्यक्रमका बिच बिमोचन भएको हो । न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्सन’को विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै संस्थापक विष्टले पुस्तकले समाजमा दिनानुदिन बढीरहेको आत्महत्या रोकथाममा सहयोग पुर्याउने बताए ।
पुस्तकका लेखक मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापाले आत्महत्याका कारण नेपालमा दैनिक १५ जना मानिसको मृत्यु हुने र विश्वमा हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने देखिएको बताए । किताबमा आत्महत्या रोकथामका लागि स्वास्थ्यकर्मीहरुको भूमिका, विभिन्न नीति, मिडिया मार्ग निर्देशनको भूमिका गरी तीन भागमा बाँडिएको उनले बताए । साधारण अग्रेजी भाषामा लेखिएका कारण सबैले अध्ययन गर्न सक्ने उनले बताए । सोही बिषयमा डा. थापासँगको भिडियो कुराकानी :
प्रतिक्रिया