सुकुना प्रदेश एकको अब्बल क्याम्पस हाे : चन्द्रमणि राई
मोरङ / विराटचोक स्थित सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ को उत्कृष्ट क्याम्पस अन्तर्गत पर्दछ । सुन्दरहरैंचा क्षेत्रलाई परिचित गराउने गहनाको रुपमा रहेको शैक्षिक संस्था सुकुना क्याम्पसको महत्वपूर्ण स्थान छ । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले ३ हजार भन्दा बढी विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्यायनरत छन् । सुकुना क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको यूएएको प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।
स्थापनाकालमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका सीमित विषयहरु पढाइहुने यस क्याम्पसमा हालसम्ममा विभिन्न सङ्काय र विधासँगै स्नातकोत्तर तहको ७ वटा भन्दा बढी विषयहरुमा पढाइ संञ्चालन हुदैं आएको छ । सुकुना क्याम्पसले विगतको वर्षमा राष्ट्पति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भव्य रुपमा रजतमहोत्वस स्तम्भ अनावरण तथा आर्कषक विज्ञान भवनको समेत उद्घाटन सम्पन्न गरिेसकेको छ । टियूद्वारा सम्बन्धन प्राप्त सुकुना क्याम्पस उदाहरणीय शैक्षिक प्रंतिष्ठानका रुपमा अहिले विकसित भएको छ ।
सुकुना क्याम्पस स्थानीय लगायत १ न. प्रदेशको १४ जिल्लाका विद्याथीहरुको लागि उच्च शिक्षा अध्यायनको एक उत्कृष्ट गन्तव्य बनेको छ । बिहानी ,दिवा र बेलुकी सत्रमा राष्ट्रका लागि गुणस्तरीय जनशक्तिको निर्माण गर्ने पढाइ सञ्चालन हुदैं आएको सुकुना क्याम्पसकाे वर्तमान गतिविधि , भावी याेजना तथा शिक्षा क्षेत्रको सेराेफेराेमा रहेर क्याम्पस प्रमुख चन्द्रमणि राईसँग गरिएको भिडियो कुराकानी ।
प्रतिक्रिया