सात फोटोमा हेर्नुहोस रेश्मा र जतिनको मायाको साइनो (तश्विर स्टोरी)

अरुणकुमार प्रधान निर्दे्शित फिल्म ’यो साइनो मायाको’ रिलिजको लागी तयार छ । संभवत फागुनमा रिलिज हुने फिल्मको नामले नै लभस्टोरी प्याटन बोल्छ ।गत महिना सार्वजनिक टिजरले राम्रो तारिफ भेटेको फिल्ममा समावेश केहि स्थिर दृश्यहरु बाहिरिएका छन् जहाँ लिड अभिनेता जतिन ताम्राकार अनि अभिनेत्री रेश्मा घिमिरेको प्रेमभाव झल्केको छ ।

अन्य दृश्यमा हाँस्य कलाकारितामा ’डिट्ठा साब’ को रुपमा परिचित कलाकार किशोर भण्डारीको कमेडी अबतार पनि झल्केको छ ।फिल्ममा रामकुमार श्रेष्ठको लगानी छ । उल्लेखित बाहेक अन्य कलाकारमा राजु कमेडी, नवनितराज प्रधान, सुनिता ठाकुर लगायतलाइ फिल्ममा भेट्न सकिन्छ ।

यसअघि सार्वजनिक टिजर कलरफूल आएको थियो । टिजरले नै राईजिङ स्टारहरु अभिनयमा रहेको फिल्मप्रति आशाको किरण छरेको थियो । फिल्म ’यो साइनो मायाको’ निर्मा टिमले छिट्टै नै रिलिज मिति तय गर्दै ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया