मिस टुरीजम नेपाल सिजन २ काे ग्रान्ड अडिसन धरानमा सम्पन्न (तस्विरहरू सहित)

इटहरी / पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे ग्रान्ड अडिसन सुनसरीकाे धरानमा बिहीबार सम्पन्न भएकाे छ । धरानस्थित राई यायोक्खाको सभाहलमा लिइएकाे  अडिसनमा २ दर्जन बढी  युवतीहरूकाे समभागीता रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले अाफुभित्र रहेकाे कलालार्इ खुलेरै प्रस्तुत गरेका थिए । मिस टुरीजम नेपाल सिजन २ मा सहभागिहरूकाे भिड उत्साहजनक रूपमा देखिएकाे छ ।

मिस टुरीजम नेपाल सिजन २ काे बिजेतालार्इ  ५० ताेला चाँदीकाे ताज , स्कुटी , मनाङ , मुस्ताङकाे भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियाेहरूमा खेलाइने अायाेजक मिस टुरिजम नेपाल सिजन २ का इभेन्ट डाइरेक्टर हिन्दुहाङ साेराेङ रार्इले बताउनुभयाे । त्यसैगरी प्रतियाेगीताकै फस्ट रनरलार्इ क्राउन , नगद३५ हजार ,मनाङ , मुस्ताङकाे भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियाेहरूमा खेलाइने र सेकेन्ड रनरलार्इ २५ हजार नगद मनाङ , मुस्ताङकाे भ्रमण गराइनुका साथै ब्यापारीक बिज्ञापन तथा म्युजीक भिडियाेहरूमा खेल्ने माैका प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया