सर्लाहीमा जन्मेर हाल राजधानीमा मोडलिङ क्षेत्रमा संघर्ष गर्दे आएकी छिन् मोडल निशा थापा । सानैबाट मोडलिङमा सफलता हात पार्ने ध्येयका साथ राजधानी छिरेकी थापा अहिले त्यसकै संघर्षमा केन्द्रित छिन् । उनी भन्छिन् – परिवारको साथ र सहयोगका कारण नै मोडलिङमा लागेकी छु, बिश्वास छ एक दिन अवश्यै नै सफलतामा पुग्नेछु ।
हालसम्म एउटा मात्र लोक दोहोरी भिडियोमा अभिनय गरेकी मोडल थापा अफल आएको खण्डमा मुभि र म्युजिक भिडियोका लागि तयार रहेको बताउँछिन् । उनी भन्छिन् – मुभि र म्युजिक भिडियोमा अभिनय गरेर मोडलिङ करियरलाई अघि बढाउने सोचमा छुँ । हाल सुरवाती चरणमा पैसालाई भन्दा पनि अभिनयलाई जोड दिने बताउँदै उनले भनिन् – मेरा लागि पैसा भन्दा पनि करियर ठुलो हो, करियर बनेपछि पैसा त भविष्यमा आफै कमाउन सकिनेछ ।
अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी बताउँने उनलाई प्रस्ताव भने धेरै नै आउने गरेको बताउँछिन् । उनी भन्छिन् – अहिले माया र प्रेममा भन्दा पनि करियर बनाउने समय हो । मोडलिङ क्षेत्रमा निकै उत्साहका साथ लागेकी मोडल निशा थापालाई हाम्रो तर्फबाट पनि हार्दिक शूभकामना ।