हङ्कङमा घ्याम्पे र सरापेले हँसाए, कोमलले नचाईन (फाेटाे फिचर सहित)

मेरी बास्सैका कलाकारद्धय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले ।

तिनँहु परिवार हङ्कङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तसँग बस्न दिएन । कोमलले आफ्ना चर्चित आधा दर्जन गित मार्फत दर्शकहरुलाई नाच्न बाध्य तुल्याईन । हङ्कङ स्थित युङ्लुङ थिएटरको भब्य सेटमा सम्पन्न कार्यक्रममा कर्म ब्याण्ड, गायक सञ्जिव सिंह, डान्सर शोनी गुरुङ्, रोमी गुरुङ् लगायतको पनि प्रस्तुती रहेको थियो । निकै लामो समय पछि स्टेजमा देखिएको कर्म ब्याण्ड र भोकलिष्ट सुरेन्द्रमान सिंहको प्रस्तुतीलाई पनि दर्शकहरुले खुलेर साथ दिए । ‘चुलेसीमा’, ‘मुगलान हेर जाँदैछु’ लगायत चर्चित गित मार्फत गायक सञ्जिव सिंहले पुरानो क्रेजलाई ताजर्की दिए ।

unnamed

unnamed-1

cons-hk-1

cons-hk-2

cons-hk-3
तस्बिर : जे.पे.टी एच.के

तपाईको प्रतिक्रिया