राधाले लगानी उठाउँन २ करोडको कारोबार गर्नु पर्ने : सुटिङ तस्बिरहरु सार्वजनिक

 जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म राधाले आफ्नो लगानी उठाउँन २ करोड करोबार अनिवार्य रुपमा  गर्नु पर्ने देखिएको छ । निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा राधाको निर्माण सहित पब्लिसिटी सम्पन्न  भएकाले बक्स अफिशमा यो फिल्मले २ करोड अनिवार्य कारोबार गर्नु पर्ने अवस्था आएको हो ।
 नेपाली बक्स अफिशमा कुनै पनि फिल्मले एक करोड ग्रस कारोबार गर्यो भने निर्माताले ३५ लाख   शेयर पाउँने प्रावधान छ त्यसकारण ७० लाख लागतमा बनेको यो फिल्मले  आफ्नो लगानी रिकभर गर्न २ करोडको कारोबार गर्नु पर्ने हुन्छ ।
आउँदो शुक्रबार देखि देशब्यापी प्रर्दशनमा आउँन लागेको यस फिल्ममा राधा र कृष्णको कथा नभई कलियुगको राम र राधाको कथा रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको छायाँकन पूर्वको झापा सहित ईलाम र भारतको दार्जेलिङमा भएका कारण फिल्मको लागत पब्लिसिटीमा खर्चिएको १७ लाख काट्दा पनि ५३ लाख पुग्न आएको निर्माण पक्षले दावी गरेको छ ।
यो बर्षको ७ महिने रिलिज क्यालेन्डर पल्टाएर हेर्ने हो भने हाउ फन्नी (सुपरहिट), कालो पोथी (हिट),गाजलु (सुपरहिट), जय पर्शुराम (एभरेज हिट), बीर विक्रम (हिट), छक्का पञ्जा बल्कबष्टर र किस्मत -२ (हिट) ब्यावसायिक  फिल्मका रुपमा दर्ता भईसकेका छन्  । जस मध्ये कालो पोथी चाँहि समीक्षात्मक र ब्यवसायिक दुवै हिसावमा सफल भएको फिल्म हो ।
राधाको निर्माण पक्षले जारी गरेको   छायाँकनका केही तस्बिरहरु
radha-1
radha2
radha4
radha5
radha6
radha7
radha8
radha9
radha10
radha11

तपाईको प्रतिक्रिया