धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदै

धरान, १५ असोज :  धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । अखिल नेपाल चलचित्र संघको आयोजनामा आगामी पौष २७ देखि माघ २ गतेसम्म चलचित्र महोत्सव हुने आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय चलचित्रहरु महोत्सबमा नेपाल तथा बिदेशका चलचित्रहरु प्रर्दशन हुने चलचित्र निर्देशक समाजका पुर्व अध्यक्ष तथा महोत्सबका संयोजक केपी पाठकले बताउनुभयो । उहाले अनुसार यस्ता खालका चलचित्र महोत्सव तथा प्रर्दशन गर्नु निकै चुनौती पुर्ण भएको सबै पक्षलाई सम्पन्न गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

mahotsab-photo-copy

संयोजक पाठकले अन्र्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका चलचित्रहरुको उच्च मुल्यांकन गर्दै बिदेशी जुरीहरुले चलचित्र छनौट गर्नेछन् । महोत्सवकोे जनमानसमा जानकारी दिन र नेपाल र विश्वमा बन्ने गरेका चलचित्रहरुको समानान्तर समिक्षा तथा प्रोत्साहनका लागि महोत्सब आयोजना गरिएको निर्माता, निर्देशक तथा क्यामेरामेन राजु केशीले जानकारी दिनुभयो । ४० लाखको लगानीमा आयोजना हुन लागेको चलचित्र महोत्सवमा उत्कृष्ठ हुने चलचित्रलाई पुरस्कृत समेत गरिने भएको छ  ।

तपाईको प्रतिक्रिया