नेपाली चलचित्र द फेमसको पोष्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र द फेमसको पोष्टर सार्वजनिक भएको छ । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीत र टिजरलाई सार्वजनिक गरेको थियो । अहिले सार्वजनिक पोष्टरहरुमा प्रमोढ खड्का, सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जिआर, सुमन थापालाई अटाईएको छ । पोष्टरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।

द फमेसलाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । चलचित्रमा  चलचित्र बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई डबल लभस्टोरी फेमलिी ड्रामा भनिएको छ । चलचित्रले केही दिनमै सञ्चारकर्मी माझ ट्रेलर र बाँकी गीत सार्वजनिक गरिने बताईएको छ । रश्मी भट्ट, प्रभात बलामी र सुरेश चौधरीको पनि चलचित्रमा मूख्य भुमिका रहेको छ ।
the-famus1-709x1024

अशोक कार्कीले खिचेको फिल्ममा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाद र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।

the-famus

तपाईको प्रतिक्रिया